किताबको पाना भरी
साना साना अक्षर ।
यही अक्षरले नै
मानिस बन्छ साक्षर ।
किताबल नै दिन्छ
हामीलाई ज्ञान ।
हामीले पनि दिनुपर्छ
किताबलाई सम्मान ।
किताब पढौँ हामी
धेरै छानी छानी ।
किताबले नै बनाउँछ
हामीलाई ज्ञानी ।
किताबलाई सबैले
धेरै माया गरौँ ।
देशको विकास गर्नुपर्छ
राम्रोसँग पढौँ ।