Skip to main content

टीआईए, प्रिमियर र डाफोडिलको जित

| Media Coverage

काठमाडौं । टीआईए, प्रिमियर इन्टरनेसनल र डाफोडिलले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।

विजेता तीनै टोलीले रातो बंगलालाई पराजित गरे । बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा टीआईएले रातो बंगलालाई १०–३ ले पराजित गर्यो ।

टीआईएको जितमा विरास कार्कीले ८ अंक योगदान गरे । अदिस प्रधानाङ्गको १४ अंक सहयोगमा प्रिमियरले रातो बंगलालाई २०–५ ले हरायो । जुनियर ब्वाइजमै डाफोडिलले रातो बंगलालाई २३–६ ले पाखा लगायो । डाफोडिलका पेम्बा शेर्पाले १० स्कोर गरे । सिनियर गल्र्समा काष्ठमण्डप विद्यालयले त्रियोगमाथि ३१–७ को आरम्दायी जित निकाल्यो ।

काष्ठमण्डपकी आराध्या ओझाले ८ अंक जोडिन् । सिनियर ब्वाइजमा जेम्सले आयोजक इम्पेरियललाई ३०–५ ले सहजै पन्छायो । जेम्सका अभन राजले १० अंक जोडे । सोही स्पर्धामा टीआईए र युरो स्कुल, हात्तीगौडाबीचको खेल वर्षाका कारण सम्भव भएन ।

International World School Advertisement International World School Advertisement