Skip to main content

इम्पेरियल वल्र्डको विजयी सुरुआत

| Media Coverage

काठमाडौं भदौ १५ गते ।

आयोजक इम्पेरियल वल्र्ड स्कुलले आईडब्लुएस बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । उत्कृष्ट सुरुआत गरेको इम्पेरियलले सिनियर गल्र्स÷ब्वाइज र जुनियर ब्वाइजमा जित हात पा¥यो ।

बूढानीलकण्ठस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको खेलमा इम्पेरियलले युरो, बानियाँटारलाई २०–३ ले पराजित ग¥यो। विजेताकी छेरयाल तामाङले ९ अंक जोडिन्। सिनियर ब्वाइजमा इम्पेरियलले युरो, बानियाँटारलाई १८–१३ ले हरायो । इम्पेरियलका टमीले ८ स्कोर गरे।

जुनियर ब्वाइजमा इम्पेरियलले न्यु मिलिनियमलाई १७–२ ले पाखा लगायो । इम्पेरियलका लागि प्रज्ञान तामाङले ८ स्कोर गरे। सिनियर ब्वाइजको अन्य खेलमा टीआईए र संस्कृति इन्टरनेसनल स्कुल विजयी भए । टीआईएले न्यु मिलिनियमलाई ३२–२२ ले पाखा लगायो। टीआईएका दिवस जोशीले १२ अंक जोडे। संस्कृतिले युरो, हात्तीगौडालाई ४६–३३ ले पन्छायो । संस्कृतिका अभिग्न श्रेष्ठले २५ स्कोर गरे।

जुनियर ब्वाइजको अर्को खेलमा डाफोडिलले सफलता पायो। डाफोडिलले टीआईएमाथि १६–८ को जित रच्यो । टीआईएका लिजेश लामाले ६ अंक बटुले। प्रतियोगिताको पूर्व बास्केटबल खेलाडी कर्मा गुरुङले उद्घाटन गरे। प्रतियोगितामा सिनियर ब्वाइज÷गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमको सहभागिता रहेको स्टुडेन्ट्स इन्रिचमेन्ट को–ओर्डिनेटर रविन सुवेदीले जनाएका छन्।

International World School Advertisement International World School Advertisement International World School Advertisement International World School Advertisement International World School Advertisement