इम्पेरियल वर्ल्ड स्कुलका कक्षा ९ का विद्यार्थीहरूले श्री जनक मा.वि., भकुण्डेबँसी, काभ्रेपलाञ्चोकसँगको सहकार्यमा १ रात २ दिनको आवासीय धान रोपाइँ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरे। यस कार्यक्रममा सहभागी विद्यार्थीहरूले गाउँको जीवनशैली, कृषि कर्म, परम्परा र समुदायका मूल्यहरू प्रत्यक्ष रूपमा सिक्न पाए।
यो साझा सहकार्यले विद्यार्थीहरूलाई कृषिप्रति सम्मान, संस्कृतिप्रति प्रेम र समुदायमा सहकार्यको महत्त्व बुझ्न मद्दत गर्यो।
विद्यार्थी, शिक्षक र अभिभावकहरूको निरन्तर समर्थनलाई विद्यालय परिवारले उच्च कदर गर्दछ।